टिपरले ठक्कर दिँदा छोरीको मृत्यु, बाबु घाइते

बुटवल, वैशाख १९ । बुटवलको जितगढीमा टिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ । दुर्घटनामा परेर बुटवल उपहानगरपालिका–१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको ज्यान गएको हो ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिएपछि स्कुटरमा सवार भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

ठक्कर दिएको आशंकामा लु२ख १९०३ र लु१ख ६२३३ नम्बरका दुईवटा टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

बुबा घनश्याम भण्डारीसँग मोटरसाइकलको पछाडि बसेको अवस्थामा उनीहरूलाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो। ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै मृत्यु भएको र बाबु घनश्याम सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्