काठमाडौं, वैशाख १९ । कुवेतमा एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले ४ वर्षदेखि एउटै कोठामा ‘लिभिङ टुगेदार’ को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ। ‘घटनाको विस्तत विवरण आइसकेको छैन। प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ’ दूतावासका एक अधिकारीले भने।
उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।