हवाई कारबाहीमा मारिए ४ तालिबानी

एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी ४ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु ३ जना घाइते भएका छन् ।

सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्ष्यगरी यस लडाकू विमानले गत १२ घण्टायता जारी राखेको हबाई कारबाहीमा परी कम्तीमा चार लडाकूको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको छ ।

याे पनि पढ्नुस  'डोनाल्ड ट्रम्प'का आमा-बुवालाई यस्तो सास्ती !

यस आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

कमेन्ट गर्नुहोस्