आइपीएलः हैदरावादविरुद्ध मुम्बईले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं, वैशाख १९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५१औं खेल अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा सनराइजर्स हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मुम्बईको वाङखडे स्टेडियममा शुरु हुँदैछ ।

आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । मुम्बई अंक तालिकामा तेस्रो स्थानमा छ । उसले १२ म्याचमा ७ खेल जितेर १४ अंक बटुलेको छ । आजको खेल मुम्बईले जीते प्लेअफमा पूग्ने तेस्रो टिम हुनेछ । यसअघि, दिल्ली र चेन्नई अन्तिम ४ मा पुगिसकेका छन् ।

याे पनि पढ्नुस  आइपीएलमा दिल्ली र पञ्जाब भिड्दै, सन्दीप आज खेल्छन् ?

लिग तालिकामा हैदरावाद १२ अंकका साथ चौंथो स्थानमा छ । जारी सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । ६ अप्रिलमा राजिव गान्धी रंगशालामा भएको उक्त खेलमा मुम्बईसँग हैदरावाद ४० रनले पराजित भएको थियो ।

आइपीएलमा यी दुई टिमबीच हालसम्म १३ खेल भएका छन् । जसमा मुम्बईले ६ र हैदरावादले ७ खेलमा जीत निकालेको छ । वाङखडे स्टेडियममा मुम्बई–हैदरावाद ४ पटक भिडेका छन् । जसमा मुम्बईले ३ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्