एसएसपी पोखरेल डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, वैशाख १९ । वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार साँझ मन्त्रीस्तरीय निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेल बढुवा भएका हुन् । उनी २८ माघमा काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा सरुवा भएका थिए ।

परिसर रहँदा नेपाली नक्कली नोटको कारोबारदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गर्न उनले उत्कृष्ट कार्य गरेका थिए । त्यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा उनले काम गरेका थिए ।

एसपी हुँदा जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए । डीएसपी हुँदा संखुवासभामा पहिले संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए । बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्