आइपीएलः हैदरावादविरुद्ध क्विन्टनको अर्धशतक पूरा

काठमाडौं, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्ध मुम्बई इन्डियन्सका ओपनर क्विन्टन डी ककले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र एक छक्काको मद्दतमा ४८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जारी आइपीएलमा डी ककको यो तेस्रो अर्धशतक हो । आज मुम्बईले घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मुम्बईको वाङखडे स्टेडियममा शुरु हुँदैछ ।

आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । मुम्बई अंक तालिकामा तेस्रो स्थानमा छ । उसले १२ म्याचमा ७ खेल जितेर १४ अंक बटुलेको छ । आजको खेल मुम्बईले जीते प्लेअफमा पूग्ने तेस्रो टिम हुनेछ । यसअघि, दिल्ली र चेन्नई अन्तिम ४ मा पुगिसकेका छन् ।

लिग तालिकामा हैदरावाद १२ अंकका साथ चौंथो स्थानमा छ । जारी सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । ६ अप्रिलमा राजिव गान्धी रंगशालामा भएको उक्त खेलमा मुम्बईसँग हैदरावाद ४० रनले पराजित भएको थियो ।

आइपीएलमा यी दुई टिमबीच हालसम्म १३ खेल भएका छन् । जसमा मुम्बईले ६ र हैदरावादले ७ खेलमा जीत निकालेको छ । वाङखडे स्टेडियममा मुम्बई–हैदरावाद ४ पटक भिडेका छन् । जसमा मुम्बईले ३ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्