आइपीएलः रोहितको मुम्बईद्वारा हैदरावादलाई १६३ रनको लक्ष्य

काठमाडौं, वैशाख १९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि क्विन्टन डि ककले नटआउट ६ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए ।

याे पनि पढ्नुस  यो वर्षको आइपीएल मार्च २३ देखि, प्रतियोगिता भारतमै हुने

यस्तै, कप्तान रोहित शर्माले २३, सूर्यकुमार यादवले २३, हार्दिक पाण्ड्याले १८, किरण पोलार्डले १० र नटआउट कुणाल पाण्ड्याले ९ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमदले ३, भुवनेश्वर कुमार र मोहम्मद नाबीले एक–एक विकेट लिए । आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।

मुम्बई अंक तालिकामा तेस्रो स्थानमा छ । उसले १२ म्याचमा ७ खेल जितेर १४ अंक बटुलेको छ । आजको खेल मुम्बईले जीते प्लेअफमा पूग्ने तेस्रो टिम हुनेछ । यसअघि, दिल्ली र चेन्नई अन्तिम ४ मा पुगिसकेका छन् ।

याे पनि पढ्नुस  आइपीएलः आज पनि सन्दीपलाई मौका, पन्जावमा छैनन् क्रिस गेल !

लिग तालिकामा हैदरावाद १२ अंकका साथ चौंथो स्थानमा छ । जारी सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । ६ अप्रिलमा राजिव गान्धी रंगशालामा भएको उक्त खेलमा मुम्बईसँग हैदरावाद ४० रनले पराजित भएको थियो ।

आइपीएलमा यी दुई टिमबीच हालसम्म १३ खेल भएका छन् । जसमा मुम्बईले ६ र हैदरावादले ७ खेलमा जीत निकालेको छ । वाङखडे स्टेडियममा मुम्बई–हैदरावाद ४ पटक भिडेका छन् । जसमा मुम्बईले ३ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्