नेपाल प्रहरीले पायो ‘नेसनल आइसिटी अवार्ड’

काठमाडौं, बैशाख २० । नेपाल प्रहरीलाई ‘नेसनल आइसिटी अवार्ड २०१९’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको मूल्यांकनका आधारमा नेपाल प्रहरीलाई सो अवार्ड दिइएको हो । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा गर्न सन् २०१८ र ०१९ मा सूचना प्रविधिको उच्चतम प्रयोगबाट विद्युतीय सुशासन कायम राखी उच्चस्तरको सार्वजनिक सेवा प्रदान गरेको अवार्डमा उल्लेख छ ।

याे पनि पढ्नुस  कालिकोटमा जनपद प्रहरीको गोली लागि म्यादी प्रहरीका मृत्यु

यसअघि नेपाल प्रहरीले गत कात्तिक ०७४ मा अन्तर्राष्ट्रियस्तरको ‘अशोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ तथा गत भदौमा जापानमै डिजिटल गभर्नेन्स अवार्ड’ प्राप्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्