काठमाडौं, बैशाख २० । बोल्न नसक्ने १७ वर्षीय किशोर अप्राकृतिक मैथुनबाट पीडित भएका छन्। यी बालकलाई ३ सय रुपैयाँ दिएर अप्राकृतिक मैथुन गर्दै आएको पाइएको छ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार १७ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक किशोर दास पक्राउ परेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको हाे।