मेस्सीको उत्कृट प्रदर्शनले बार्सिलोनाको लिभरपुलमाथि सानदार जित

काठमाडौं, वैशाख २० । कप्तान लियोनेल मेस्सीको २ गोलकाे सहयोगमा क्याटलान क्लब बार्सिलोनाले यूइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले लिभरपुलमाथि ३–० को सानदार जित निकालेको हो । लिभरपुलको जितमा कप्तान लियोनेल मेस्सीले २ तथा लुइस सुआरेजले १ गोल गरे । लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६००औं गोलको आँकडा पार गरेका छन् ।

मेस्सीले १४ वर्षअघि अर्थात सन् २००५ मा स्पेनिस ला लिगामा अल्वासेटविरुद्ध खेल्दै बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मेस्सीले स्पेनिस ला लिगामा ४१७, कोपा डेल रेमा ५० र च्याम्पियन्स लिगमा ११२ गोल गरेका छन् । अन्य विविध प्रतियोगितामा २१ गोलसहित ६००औं गोल पूरा गरेका हुन् ।

जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजालाई कायम राख्न सके बार्सिलोनाले फाइनलमा स्थान बनाउनेछ । यता, इंग्लिस टोली लिभरपुललाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । दोस्रो लेग ८ मे मा लिभरपुलको मैदानमा हुँदै छ ।

कमेन्ट गर्नुहोस्