‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५’

काठमाडौं, वैशाख २० । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५’ वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिंदै आएको यो सम्मान यसवर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् ।

यही वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ । हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्षदेखि यो सम्मानको सुरुवात गरिएको हो ।

प्रतिष्ठानाले गतवर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए ।

यसवर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।

कमेन्ट गर्नुहोस्