मजदुर दिवसको अवसरमा खिलराज रेग्मीद्वारा चलचित्र ‘जय मजदुर’को शुभ मुहर्त

काठमाडौ, वैशाख २० । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ‘जय मजदुर’ नामक नयाँ चलचित्रको शुभ मुहर्त गरिएको छ।

श्रमजीवी ट्रेड युनियन महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रमका बिच मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीद्वारा उक्त चलचित्रको शुभ मुहर्त गरिएको हो ।

याे पनि पढ्नुस  विश्वको ठूलो फिल्म फेस्टिभलमा प्रियंका कार्की पहिलो ब्राण्ड एम्बेस्डर

श्रमजीवि मल्टी फाउण्डेसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जय मजदुर’ मा सुमन खड्का निर्माता रहेका छन भने रामबहादुर तामाङको कथामा तुलसी बाँस्कोटाको पटकथा, सम्वाद तथा निर्देशन रहने छ ।

कलाकारमा हाल राजु श्रेष्ठमात्र पक्का गरिएको चलचित्रको लागि अन्य कलाकारहरु छनौट चरणमा रहेको बताइएको छ भने जेठको दोश्रो सातादेखि छायांकन सुरु गर्ने जानकारी प्राप्त भएको छ । चलचित्रको निर्माण लागत करिब एक करोड हुने निर्देशक तुलसी बास्कोटाले बताएका छन ।

कमेन्ट गर्नुहोस्