पूर्वसांसद बर्मनलाई भेट्न सभामुख महरा हस्पिटलमा

काठमाडौं, बैशाख २० । सभामुख कृष्णबहादुर महराले पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् ।

शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेको हो ।

याे पनि पढ्नुस  मनपरी शुल्क वृद्धि गर्दा क्याम्पसमा ताला

पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताए । भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गरे।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरे ।

याे पनि पढ्नुस  उपत्यकाका ट्याक्सी चालकले अबदेखि ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने

माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहेका छन् । उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं.१ बाट विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्