फानीको प्रभाव नेपालमा पनि, हिमाली क्षेत्रमा जोखिम

काठमाडौं, बैशाख २० । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ ।

पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै शनिबार दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ।

चक्रवात ‘फानी’

भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो ।

याे पनि पढ्नुस  हत्या अाराेपमा गोपाल शर्मा पक्राउ

भारतमा बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ। प्रतिघण्टा गति १ सय ७५ किमिमा फानी चक्रवात चलिरहेको छ भने शुक्रबार अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लाहरुमा पनि प्रभाव पार्ने छ।

यसको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर नउडाउन भनिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए । फानी चक्रवात क्याटागोरी ३ वा ४ को आँधी हो। जसले लाखौँ मानिसको ज्यान जोखिममा पार्ने सम्भावना हुन सक्छ । यसको हावाको गति प्रतिघण्टा २ सयदेखि ३ सय किमिसम्म हुन्छ।

याे पनि पढ्नुस  नेवारी मौलिक संस्कृति गुँलाबाजा

यसैबीच, नवलपरासी, चितवनलगायतका तराईका जिल्लामा शुक्रबार विद्यालय बन्द गराइसकिएको छ । भारतको उडिसामा आइरहेको फानी चक्रवात बंगालको खाडीमा ओडिसा राज्यको तटीय क्षेत्रनजिक रहे पनि नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ। यसको गम्भीर असर नेपालमा नपर्ने भएपनि बाक्लो वर्षात् हुनसक्ने बताइएको छ । त्यस्तै हिमाली भेकका जिल्लामा हिमपात हुनसक्ने मौसम विभागले जनाएको छ।

याे पनि पढ्नुस  यसैवर्ष उपत्यकाको ४ शहरको डीपीआर, कहाँ–कहाँ बन्नेछन् नयाँ शहर?

आइतबारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्