संसद भवन पुगिन् राष्ट्रपति, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं, सरकारको दोश्रो वर्षको नीति तथा कार्यक्रम केहीबेरमा व्यवस्थापिका संसदमा प्रस्तुत हुने छ ।

व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।

दुई तिहाई बहुमतसहित गठन भएको वामपन्थी सरकारले पहिलो वर्ष भने चौतर्फी आलोचना खेप्नु परेको छ । पहिलो वर्षको समीक्षापछि सरकारले दोश्रो वर्षको नीति तथा कार्यक्रम तयारी गरेको हो ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (LIVE)

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्माननीय राष्ट्रपति व्यवस्थापिका सदनमा प्रवेश गरेकी छिन् । राष्ट्रपति ले व्यवस्थापिका

संसदका दुबै सदनसमक्ष कार्यक्रम प्रस्तुत गरेपछि दुबै सदनमा यसमाथि छलफल हुने कार्यक्रम रहने छ । सदनमा छलफलपछि नीति तथा कार्यक्रम पारित गरिने हुन्छ ।

याे पनि पढ्नुस  नेकपा सांसदलाई प्रमकाे निर्देशन: नीति तथा कार्यक्रममा अाैंला नठड्याउनु

सरकारले नीति तथा कार्यक्रमका आधारमा बजेट तयार गर्ने बताएको छ ।

नीति तथा कार्यक्रममा के कस्ता नयाँ कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको छ भन्ने कुरा चौतर्फी चासोको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्