अछाममा भेटियो भवनको जग खन्ने क्रममा १९ तोला सुन र चाँदी

अछाम, वैशाख २० । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीमा त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी फेला परेको छ ।

भवन निर्माणका लागि जग खन्ने क्रममा १९ तोला सुन र १ सय ३२ तोला चाँदी फेला परेको हो । सुन र चाँदी जग खन्ने क्रममा मजदुरले फेला पारेका हुन्। मजदुरबीच भागबण्डाको तयारी भएपनि विवाद भएपछि कुरा बाहिर आएको अछाम प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  गुप्ताङ्गमा सुन लुकाएर ल्याउने एक जना पक्राउ

फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। वि.सं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ।

कमेन्ट गर्नुहोस्