एक वर्षभित्र लुम्बिनी विमानस्थल र मेलम्ची सम्पन्न हुने– राष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष नेपालको इतिहासमै तीब्र आर्थिक विकासको वर्ष हुने बताएकी छिन् ।

सरकारको पहिलो वर्षले समृद्ध नेपालको आधार वर्षको रुपमा सफलतापूर्वक सन्देश दिएको बताउँदै राष्ट्रपति भण्डारीले आगामी वर्ष संघीय लोकतान्त्रिक गणतन्त्र लाभ आम नेपालीले पाउने गरी काम गरिने बताइन् ।

के के छन् त आगामी योजना ?
संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक स्रंरुचनालाई कार्यमूलक बनाउन आवश्यक जनशक्ति परिचालन गरिने ।
आवश्यकता र सामथ्र्यको विश्लेषण गरी प्रदेश तहको वित्तिय हस्तान्तरणलाई समन्यायिक बनाइने ।
आम नागरिकको देशप्रति सम्मान भाव तथा अपनत्व हुने गरी समन्यायीक प्रादेशिक रणनीति बनाईने ।
प्रदेश तहमा विशिष्ट पहिचान सहितको विकास कार्यक्रम ल्याइने ।
एक प्रदेश तथा तहका विकासका अभ्यास अर्को प्रदेश र तहले अनुकरण गर्ने र स्वस्थ्य प्रतिष्पर्धाका अभियान सञ्चालन गर्न उत्प्रेरित गर्ने ।
प्रदेश र स्थानीय तहको क्षमता विस्तार गरिने ।
जिल्ला समन्वय समितिको भूमिका प्रवाह गरिने ।
२५ वर्षका दीर्घकालिन सोच सहित १५ औं योजना कार्यान्वयन गरिने ।
सन् २०३० अगावै दीगो विकासका लक्ष्य हासिल गरी मध्यमस्तरको आय भएको मुलुक बन्ने लक्ष्य लिइने ।
लगातार तीनवर्षदेखिको आर्थिक बृद्धिको प्रवृत्तिलाई थप सुधार गरी चारवर्षभित्र दोहोरो आर्थिक बृद्धि
श्रोत र साधनको दक्षतापूर्ण प्रयोग गरिने ।
सरकारी लगानी, अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्रमा प्राथमिकताका साथ प्रवाहित गरिने ।
सरकारको तर्फबाट ठूला आयोजना प्रवद्र्धन गरी नागरिक लगानी आव्हान गरिने ।
पूर्वाधारका महत्वपूर्ण आयोजना समयमा नै सम्पन्न गरिने ।
श्रोत, साधन र जनशक्ति परिचालन तथा अनुगमनको विशेष व्यवस्था गरी राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न गरी सञ्चालनमा ल्याइने ।
निर्माणाधिन गौतमबुद्ध विमानस्थलको बाँकी कार्य गरी २०१९ भित्रै सञ्चालनमा ल्याइने
पोखरा विमानस्थल सन् २०२१ बाट शुरु गर्ने गरी तीब्रता दिइने ।
निजगढ विमानस्थलको निर्माण कार्य शीघ्र शुरु गरिने
माथिल्लो तामाकोशी सम्पन्न गरी ४५६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने ।
आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने छ ।
भेरी, बबई डाइभर्सन योजना दुईवर्षभित्र सम्पन्न गरिने ।
सिक्टा सिचाई आयोजनाको पश्चिम मूल सहरको समस्याग्रस्त खण्ड मर्मत गरी सञ्चालन गरिने ।
रानी जमरिया गुलरिया सिचाई योजनाको पहिलो चरणबाट सिचाई सुविधा उलब्ध गराईने ।
मध्य पहाडी लोकमार्ग, दुतमार्ग, हुलाकी मार्ग सम्पन्न गरिने ।
क्रमशः

कमेन्ट गर्नुहोस्