सशस्‍त्र प्रहरीद्वारा महिलामाथि बुट र लाठी प्रहार

परासी । तस्करी गरेको भन्दै सशस्त्र प्रहरी राजश्व टोलीले २ जना महिलालाई निर्घात कुटपिट गरेको छ।कुटपिटबाट घाइते महिलालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उद्दार गरेर अस्पताल पुर्‍याएको छ।

सशस्त्र प्रहरी बल नेपालको राजश्व तथा भन्सार सुरक्षा रुपन्देही ३८ गुल्मबाट खटिएको टोलीले बिहीबार राती आफूहरुलाई कुटपिट गरेको पीडित महिलाहरुले बताएका छन्। घरायसी सामान प्रयोजनका लागि ल्याइएका लत्ताकपडा र अन्य सामाग्री सोधपुछ गर्ने क्रममा आफूहरुमाथि कुटपिट भएको पीडितको भनाई छ।

याे पनि पढ्नुस  द्धन्द प्रभावित क्षेत्रका महिलाको राष्ट्रिय भेलाद्धारा १५ बुदे घोषणापत्र जारी,

गुल्मबाट खटिएका नायब उपरीक्षक गोबिन्द खाती र निरीक्षक सुरज रिजाल नेतृत्वको राजश्व टोली गस्तीका क्रममा परासी पुगेको थियो। महिलाहरु सीमावर्ती भारतीय बजारबाट परासीतर्फ आउँदै थिए। सोही क्रममा दुईवटा अटो रिक्सामा आउँदै गरेका ८ जनामध्ये दुईजनालाई रामग्राम नगरपालिकाको उजैनी भन्ने स्थानमा निमर्मतापूर्वक कुटपिट गरेको महिलाहरुले बताएका छन्।

याे पनि पढ्नुस  मन्त्रिपरिषद बैठकको निर्णयः सशस्त्र प्रहरीका ५ एआइजीले बुझाए राजीनामा

शरीरका विभिन्न भागमा निल डामसहित शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका महिलाहरुले चेकजाँचको बहानामा आफूहरुमाथि कुटपिट भएको बताए।

कमेन्ट गर्नुहोस्