कतारले भन्यो, ‘नेपाली श्रमिकको हकहित सुनिश्चित गर्छौं’

काठमाडौं, वैशाख २० । नेपाली समुदायको हक हितका बारेमा कतार र नेपाल सरबारबीच अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार समिति कतार र राष्ट्रिय मानव अधिकार आयोग नेपालबीच कतारको दोहामा अन्तरक्रिया भएको हो । कतारमा चार लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

कतार सरकारले अहिलेसम्म नेपाली कामदारलाई प्रदान गरेको सेवा सुविधाबारे औंल्याउँदै भविष्यमा प्रदान गर्न सकिने थप सेवा सुविधाका बारेमा जानकारी गराएको थियो । कतारमा विद्यमान विभिन्न समस्यामध्ये खुरुज, कफाल र तलबका विषयमा कतारले व्यापक फेरबदल गरेको जानकारी दियो ।

याे पनि पढ्नुस  कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता, परिवार चिन्तित

कतारमा कामदारलाई बैंकिङ प्रणालीबाट तलब दिन थालिएको बताएको छ । यस्तै, स्पोन्सरसिप परिवर्तनको हकमा दुई वर्षको करार अवधि सकिएपछि सो कम्पनी परिवर्तन गर्न दुई महिना कतारमा रहे स्वत नयाँ कम्पनी परिवर्तन गर्न सकिने, ५ वर्षको हकमा भने एक महिना कतारमा नै रहेमा काम पनि परिवर्तन गर्न सकिने र कम्पनीले आनाकानी गरेमा कतारको मानव अधिकार आयोग तथा श्रम विभागमा उजुरु गर्न सकिने जानकारी गरायो ।

याे पनि पढ्नुस  संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन सम्पन्न

कार्यक्रममा सहभागी नेपाली समुदायबाट उठेका विविध प्रश्नहरूको जवाफ दिँदै कतारी प्रतिनिधिले नेपालीहरूका लागि भिजिट, वर्किङ र बिजिनेश गरी तीन किसिमको भिसा अनुमोदन गरेको बताए । आजाद भिसा नेपाली नागरिकलाई उपलब्ध नभएको जानकारी गराउँदै उनीहरुले दोहामा ठुलो समस्याको रूपमा रहेको आजाद भिसालाई गैरकानुनी तथा कालोधन्दा भएको अधिकारीहरूको जवाफ थियो ।

याे पनि पढ्नुस  लागूऔषध मुद्धामा ३० नेपाली कतारको जेलमा

कामदारको समस्याहरू बुझाउन भाषिक समस्या हुने भएकोले त्यस्ता ठाउँहरुमा नेपाली भाषीको व्यवस्था गर्न नेपाली प्रतिनिधिले आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्