काठमाडौं, वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
सरकारका नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा इतिहासकै तीव्र आर्थिक विकास, बारीका पाटा र खेतका गह्रा सबै हराभरा बनाउने घोषणा, ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक र आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
राजधानी काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता बढाउने, श्रमिकको पारिश्रमिक बैंकबाटै भुक्तानी दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुस्