आइपीएलः कोलकाताले टस जित्यो, पन्जावलाई ब्याटिङको मौका

काठमाडौं, वैशाख २० । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५२औं खेलमा किंग्स इलाभेन पन्जावविरुद्ध कोलकाता नाइट राइडर्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मोहलीमा शुरु हुँदैछ ।

याे पनि पढ्नुस  आइपीएलः संकटकाबीच पार्थिवको अर्धशतक

यो खेल पन्जाव–कोलकाताका लागि निकै महत्वपूर्ण छ । आजको खेलमा पराजित हुने टिमको ‘प्लेअफ’ यात्रा समाप्त हुने भएकाले दुवै टिमको एक मात्र लक्ष्य जीत नै हुनेछ ।

कोलकाता–पन्जावले १२–१२ खेल खेलेर १०–१० अंक बटुलेका छन् । तर, नेट रनरेटका आधारमा कोलकाता छैठौं र पन्जाव सातौं स्थानमा छ । प्लअ‍ेफमा पुग्न आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । यो खेलमा पराजित हुने टिम लिगचरणबाटै बाहिरिने छ ।
 

कमेन्ट गर्नुहोस्