१२ वर्षपछि फेरि वाइडबडी जापानको ओसाका उड्ने

काठमाडौं, वैशाख २० । नेपाल वायुसेवा निगमले १२ वर्षपछि पुनः जापानको ओसाका सहरमा उडान सुचारु गर्ने भएको छ । मध्य माघदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापान उडान गर्ने घोषणा गरेको निगमले ५ महिनाको ढिलाईपछि मध्य असारदेखि भने सिधा उडान पक्कापक्की भइसकेको दाबी गरेको छ ।

‘जापान उडान अबचाहिँ पक्कापक्की भयो’ निगमका सहायक प्रवक्ता नवराज कोइरालाले भने, ‘असार १९ गतेदेखि निगमले ओसाकाको नियमित उडान गर्ने भएको छ ।’ उनका अनुसार, आइतबारदेखि टिकट बिक्री खुला गरिने छ । निगमले काठमाडौं(ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार रुपैयाँ तथा दुईतर्फी ८० हजार रुपैयाँसम्म कायम हुने सहायक प्रवक्ता कोइरालाले बताए ।

हाल आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले सातामा तीन वटा (मंगलबार, बिहीबार र शनिबार) उडान भर्ने जनाएको छ । काठमाडौंबाट बिहान २स्३० मा निगमको वाइडबडी ओसाकाका लागि उड्ने छ भने त्यहाँको स्थानीय समयअनुसार दिनको ११ः५५ ओसाका पुग्नेछ ।

कमेन्ट गर्नुहोस्