साम कुरन चम्किँदा पन्जावद्वारा कोलकातालाई १८४ रनको लक्ष्य

काठमाडौं, वैशाख २० । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा  किंग्स इलाभेन पन्जावले कोलकाता नाइट राइडर्सलाई १८४ रनको लक्ष्य दिएकाे छ । टस हारेर ब्याटिङको मौका पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनायो ।

उसका लागि साम कुरनले शानदार प्रदर्शन गरे । उनले ७ चौका र २ छक्काको मद्दतमा २४ बलमा नटआउट ५५ रन बनाए ।

यस्तै, निकोलस पुरनले २७ बलमा ४८, मयंक अग्रवालले २६ बलमा ३६, मन्दिप सिंहले १७ बलमा २५ रन बनाए । बलिङमा कोलकाताका सन्दीप वारियरले २, नितीश राणा, आन्द्रे रसेल र ह्यारी गर्नीले एक–एक विकेट लिए ।

यो खेल पन्जाव–कोलकाताका लागि निकै महत्वपूर्ण छ । आजको खेलमा पराजित हुने टिमको ‘प्लेअफ’ यात्रा समाप्त हुनेछ ।

कोलकाता–पन्जावले १२–१२ खेल खेलेर १०–१० अंक बटुलेका छन् । तर, नेट रनरेटका आधारमा कोलकाता छैठौं र पन्जाव सातौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्