डा. श्रेष्ठले ल्याए आमा बोलको गीत (भिडियोसहित)

काठमाडौं । माता तिर्थ औसींको अवसर पारेर डा. बिकाश श्रेष्ठको आमा बोलको गीत सार्वजनिक गरिएको छ । उनको यो गीत युट्युबमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । एकल गायन रहेको डा. श्रेष्ठको गीतको भिडियोमा आमाले दिएको अपार मायालाई दर्साइएको छ ।

 आफ्नै शब्द, संगीत रहेको गीतमा दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् भने निरज महर्जनले भिडियो सम्पादन गरेका छन् । डा. श्रेष्ठ पेशाले दन्त विशेषज्ञ (ओर्थो डोन्टिक्स) हुन् । गीत हेर्न यहाँ  क्लिक गर्नुस् 

कमेन्ट गर्नुहोस्