१७ वर्षिय परागले बनाए आइपीएलमा नयाँ कीर्तिमान

काठमाडौं, वैशाख २१ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३औं खेलमा राजस्थान रोयल्सका रियान परागले नयाँ कीर्तिमान बनाएका छन् । उनले सबैभन्दा कम उमेर (१७) मा अर्धशतक प्रहार गर्दै आइपीएलमा नयाँ कीर्तिमान बनाएका हुन् ।

दिल्ली क्यापिटल्स भएको खेलमा परागले आज २ छक्का र ४ चौकाको मद्दतमा ५० रन बनाए । उनले आइपीएलमा कम उमेरमा अर्धशतक प्रहार गर्ने सञ्जु सैमसुनको रेकर्डसमेत तोडेका छन् ।

सञ्जुले १८ वर्ष १६९ दिनमा २०१३ मा अर्धशतक बनाएका थिए । कम उमेरमा अर्धशतक प्रहार गर्नेको सूचीमा क्रमशः रियान पराग (पहिलो), सञ्जु सैमसुम (दास्रो), पृथ्वी शा (तेस्रो), ऋषभ पन्त (चौथो) र शुभमन गिल (पाँचौ) ।

कमेन्ट गर्नुहोस्