सन्दीपआवद्ध दिल्ली ५ विकेटले विजयी, समूह चरणबाटै बाहिरियो राजस्थान

काठमाडौं, वैशाख २१ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ ।

राजस्थाले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १६.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि ऋषभ पन्तले ५ छक्का र २ चौकाको मद्दतमा ३८ बलमा नटआउट ५३ रन बनाए । यस्तै, शिखर धवनले १६, कप्तान श्रेयस अय्यरले १५, कोलिन इन्ग्रामले १२ र रेदरफोर्डले ११ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः राजस्थानले टस जित्यो, दिल्लीलाई बलिङको निम्तो

बलिङमा राजस्थानका इश सोधीले ३ र श्रेयस गोपालले २ विकेट लिए । आजको जीतसँगै दिल्ली १८ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान भने समूह चरबाटै बाहिरिएको छ ।

आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयक गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनायो ।उसका लागि रियान परागले उत्कृष्ट प्रदर्शन गरे । उनले आइपीएलमा पहिलो अर्धशतक प्रहार गर्न सफल भए । परागले ४ चौका र २ चौकाको मद्दतमा ४८ बलमा ५० रन बनाए । यस्तै लैम लिभिङस्टोनले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

याे पनि पढ्नुस  आइपीएलः हैदरावादविरुद्ध क्विन्टनको अर्धशतक पूरा

सन्दीप लामिछानेले मौका नपाएको खेलमा राजस्थानविरुद्ध दिल्लीका अमित मिश्रा, इशान्त शर्माले ३–३ र टे«न्ट बोल्टले २ विकेट लिए ।

सन्दीपले पाएनन् मौका
राजस्थान रोयल्सविरुद्धको दोस्रो खेलमा पनि दिल्लीमाआवद्ध सन्दीपेले मौका पाउन असफल भएका छन् । अघिल्लो खेलमा पनि बेन्चमा बसेका उनी आज घरेलु मैदानमासमेत टिममा अटाउन सकेनन् । सन्दीपले जारी सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्