आइपीएलः विराटको टिमको शुखत अन्त्य, प्लेअफ पुग्ने हैदरावादको सम्भावना कति?

काठमाडौं, वैशाख २२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सुखत अन्त्य गरेको छ । लगातार हारको सामना गर्दै शुरुवात गरेको बैंग्लोरले लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै शुखत अन्त्य गरेको हो ।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली बैंग्लोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि शिमरोन हिटमायरले ६ छक्का र ४ चौकाको मद्दतमा ४७ बलमा ७५ रन प्रहार गरे । यस्तै, गुरकिरात सिंहले ६५ र विराट कोहलीले १६ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक भएन ।

याे पनि पढ्नुस  आइपीएलः रोहित शर्मालाई जरिवाना

बलिङमा हैदरावादका खलिल अहमदले ३, भुवनेश्वर कुमारले २ र राशिद खानले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । उसका लागि कप्तान केन विलियम्सनले नटआउट ७०, मार्टिन गुप्टिलले ३०, विजय शंकरले २७, ऋद्धिमान शाहले २० रन बनाए ।

याे पनि पढ्नुस  सन्दीपले आइपीएलको पहिलो खेल खेल्न पाएनन् ?

बलिङमा बैंग्लोरका वासिङटन सुन्दरले ३, नवदीप सैनीले २, युजवेन्द्र चहल र कुलवन्त खेजरोलियाले एक–एक विकेट लिए । बैंग्लोरसँगको पराजयपछि आज हुने खेलमा कोलकाता मुम्बईसँग हारेमा मात्र हैदराबाद प्लेअफमा पुग्नेछ ।

कमेन्ट गर्नुहोस्