फ्लप हुँदै गएकी नायिका केकीले पाइन् ठूलो राहत

काठमाडौं, बैशाख २२ । केकी अधिकारीले कोहलपुर एक्सप्रेस बनाइन्। आफैँले खेलिन्। तर साख बढाउन सकिनन्। कारण, त्यो हिन्दी फिल्म मुम्बइ एक्सप्रेसबाट पूरापूर चोरिएको थियो। त्यसपछि अभिनयका लागि उनलाई उतिबिघ्न अफर आएन।

उनैले निर्माण गर्ने भनिएको दोश्रो फिल्मको पनि टुंगो छैन। त्यसैले कुनै समय हिरोइनको दौडमा अग्रपंतीमा रहेकी केकी फुर्सदमा बस्नु पर्यो। कतिपयले उनी अब किनारा लागेको लख काटे पनि तत्कालका लागि यो खड्को टरेको छ।

याे पनि पढ्नुस  मलाई लभ गर्ने धेरै छन् : केकी अधिकारी

कुशल अभिनयबाट ख्याती कमाएकी यी हिरोइन छ माया छपक्कैमा अनुबन्ध भएकी छन्। उनको अपोजिटमा हुनेछन् दीपकराज गिरी। यसले केकीलाई ठूलो राहत मिलेको लख काटिएको छ। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

कमेन्ट गर्नुहोस्