बेलायतको निर्वाचनमा नेपाली मूलका आधा दर्जन उम्मेदवार विजयी

काठमाडौं, बैशाख २२ । बेलायतको संसदीय निर्वाचनमा हालसम्म एक मात्र उम्मेदवार वने पनि स्थानीय तहमा भने विजयी हुने नेपालीमूलका व्यक्तिको संख्या वढी छ।

बिहीबार सम्पन्न स्थानीय निर्वाचनबाट करिब आधा दर्जन नेपाली मूलका उम्मेदवार काउन्सिल बने। हार्ने क्षेत्र रोजेर नेपालीलाई उम्मेदवार बनाइने चर्चा चल्ने गरे पनि यसपटक भने केही उम्मेदवारले पुरानो पकट तोडेका छन्।

नेपाली मूलका प्रवेश केसी, दिनेश खड्का, गोवर्धन सिलवाल, डा. जगन्नाथ शर्मा लगायत स्थानीय तहमा विजयी भएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्