यसकारण हिमालसँग टाढिँदैछन् शेर्पा

काठमाडौं, वैशाख २२ । हिमाल आरोहणबाटै नेपालको शेर्पा समुदाय विश्वविख्यात बन्यो। सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व किर्तिमान शेर्पा समुदायकै आरोहीको नाममा सुरक्षित छन्। हिमाल र शेर्पा पर्याय बनेका छन्।

तर, आरोहणमा विख्यात यो समुदायको पछिल्लो पुस्ता भने बिस्तारै यसबाट विमुख बन्दै गएको आँकडाले देखाउँछ। ‘यो हाम्रा लागि साह्रै चिन्ताको कुरा हो,’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन्, ‘हाम्रो प्रसिद्ध चिनारीलाई संकटमा धकेल्दै छ।’

याे पनि पढ्नुस  खाप्से रोटी बनाउने तरिका (भिडियोसहित)

आरोहणबाट आर्थिक हैसियत उक्सिएपछि शेर्पाहरुले दुई कामलाई प्राथमिकता दिए। पहिलो, सन्ततीको पढाइ। शेर्पाले आन्दानीको ठूलो हिस्सा सन्ततीको पढाइमा खन्याउन थाले। त्यस क्रममा शेर्पा समुदायको नयाँ पुस्ता सहर पस्यो। दोश्रो, विस्तारै थातथलो छाड्नतिर लागे।

थुप्रै आरोहीले आफ्ना परिवार राजधानी काठमाडौँ लगायत पायक पर्ने सहरतिर सार्न थाले। कतिपय आरोही सपरिवार विदेसिए। यसले हिमाली क्षेत्रमा शेर्पा समुदाय पनि घट्दै गएका छन्। यो समाचारनेपाल साप्ताहिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्