आइपीएलः विराट काेहलीले हासिल गरे नयाँ उपलब्धि

काठमाडौं, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लारका कप्तान विराट कोहलीले नयाँ उपलब्धि हासिल गरेका छन् । उनी आइपीएलमा ४ हजार रन पूरा गर्ने दोस्रो कप्तान बनेका छन् ।

शनिबार सनराइजर्स हैदरावादविरुद्ध एक चौका प्रहार गर्दै विराट ४ हजार रन पूरा गर्ने दोस्रो कप्तान बनेका हुन् । उनीअघि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आइपीएलमा ४ हजार रन पूरा गरिसकेका छन् । उनले हालसम्म कप्तानको भूमिका निर्वाह गर्दै आइपीएलमा ४०८४ रन बनाएका छन् ।

याे पनि पढ्नुस  आइपीएल क्रिकेट : मुम्बईले हरायो चेन्नाईलाई, आज दुई खेल हुने

विराटको खातामा ४०१० रन छ । उनले हालसम्म आइपीएलमा १७७ खेलमा ५ शतक र ३६ अर्धशतकको मद्दतमा ५४१२ रन प्रहार गरेका छन् । यता चेन्नईका कप्तान धोनीले १८६ खेलमा ४३७४ रन बनाएका छन् । यसक्रममा उनले २३ अर्धशतक बनाएका छन् ।

कमेन्ट गर्नुहोस्