नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल सुरु हुँदै

काठमाडौं, वैशाख २२ । आगामी आव २०७६–०७७ का लागि सरकारद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबारेको छलफल आइतबार सुरु हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक अहिले बिहान ११ बजे बस्ने छ।

संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्