सर्टका टाँक बनाएर सुन तस्कर गर्ने एक भारतीय पक्राउ

काठमाडौं, बैशाख २२ । सुन तस्करी विरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ–नयाँ उपाय प्रयोग गर्न थालेका छन् ।

पछिल्लो पटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  उमेर ढाँटेकाले भारतमा एक विद्यार्थी पक्राउ

थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए । उनले लुगा सिलाउन प्रयोग हुने सामाग्री ल्याएका थिए । प्रहरी र भन्सारको टोलीले शंका लागेर जाच्दा सुन भएको पत्ता लागेको हो ।

भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उनलाइ पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्