नासाको महिला कमिसनले गर्यो महिला बाइकर्स र्याली

काठमाडौं, वैशाख २२ । अन्तर्राष्ट्रिय महिला ‘राइड डे’ तथा पाँचौं विश्व सडक सुरक्षा सप्ताहको अवसरमा शनिबार काठमाडौँमा महिलाहरुको मोटरसाइकल–स्कुटर र्याली आयोजना भएको छ।

अटोमोबाइल्स एसोसिएसन (नासा)अन्तर्गतको महिला कमिसनको आयोजना हुन लागेको हो ।

नासा नेपालमा विगत दश वर्षदेखि मोटर र मोटर साइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एण्ड टु ह्विल टुरिजम तथा रोड सेफ्टीमा संलग्न राष्ट्रिय संघ हो । ब्याक टु नेचर नेपा प्रालिको सहयोगमा भएको सो र्‍याली तीनकुनेस्थित महिला रेस्लिङ्ग फाउन्डेसनबाट सुरु भई कोटेश्वर, बालकुमारी, सातदोबाटो, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा हुदै लैनचौर पुगी समापन भयो।

पछिल्लो समय साहसिक पर्यटन तथा साहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोकप्रिय हुँदै गइरहेको छ। यसमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ्ग, अफ रोड र्‍याली, टीएसडी ¥याली तथा क्रस कन्ट्री जस्ता मोटरिङका इभेन्टहरु समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस्