बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्नुहोस्ः नगरप्रमुख वड

धनगढी, वैशाख २२ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्न सरोकारवालाहरु संग आग्रह गरेका छन् ।

आईतबार जिल्ला विपद ब्यबस्थापन समितिले आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा बोल्दै नगरप्रमुख वडले यसका लागि सरोकारवालाहरु बिच समन्वय आवश्यक रहेको बताए । पूर्वी तराईमा आधीले ठूलो क्षति पुर्याइसकेको छ नगरप्रमुख वडले भने, मनसुनको लक्षण राम्रो देखिदैन त्यस कारण समयमै तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । नगरप्रमुख वडले योजनाका साथ तयारीमा रहेमा बिपदबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

याे पनि पढ्नुस  धनगढी प्रिमियर लिगको मिति सर्‍यो

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक यज्ञराज बोहराले बिपदको जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको बताए । यस कार्यशालामा बिपद जोखिम न्यूनिकरणका लागि कसरी राम्रो र चाँडो योजना बनाउनका लागि गहन छलफल हुनसपर्छ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘बिगतको योजनामा छुटेका कुराहरु समेत यसले समेट्न सक्नुपर्छ । प्रमुख जिल्ला अधिकारी बोहराले स्थानीय तहहरुसँग श्रोत साधन पनि भएकाले बढी सक्रिय हुनुपर्ने बताए ।

याे पनि पढ्नुस  को बन्लान् प्रदेश ७ को सभामुख ?

कार्यशालामा जिल्लाका प्रहरी प्रमुख, सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधी, जिल्ला रेडक्रस शाखा कैलालीका प्रतिनिधी, जिल्लामा क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपिस्थति रहेको छ ।

कमेन्ट गर्नुहोस्