गौतम गम्भिर भन्छन्, ‘अफरीदीलाई मनोचिकित्सक कहाँ लग्नुपर्छ’

एजेन्सी । पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफरीदीले हालै सार्वजनिक गरेको आफ्नो आत्मकथामा भारतका पूर्व क्रिकेटरबारे आलोचना गरेका छन् । उनले आफ्नो आत्मकथामा भारतीय टिमका पूर्वक्रिकेटर गौतम गम्भिरमाथि नकारात्मक सोच भएको व्यक्ति भनेका छन् ।

अफरीदीले लेखेको यो कुरा सुनिसकेपछि गम्भिरले सामाजिक सञ्जाल टुइटरमार्फत प्रतिक्रिया दिएका छन् । उनले टुइट गर्दै भनेका छन्, ‘भारत अहिले पनि पाकिस्तानीको उपचारका लागि अस्पताल पठाइरहेको छ । म तिमी (अफरिदी) लाई कुनै मनोचिकित्सकको सम्पर्कमा लिनलाई तयार छु ।’ सन् २००७ को एसिया कपका क्रममा गम्भिर र अफरीदी मैदानमै झगडामा उत्रिएका थिए । उनीहरुलाई छुट्याउन अम्पायरलाई पनि हम्मेहम्मे परेको थियो ।

कमेन्ट गर्नुहोस्