राष्ट्रिय जनगणनाबिना योजना तयार पार्न गाह्रोः मेयर दाहाल

चितवन, वैशाख २२ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय जनगणना बिना योजनाहरु तयार पार्न नसकिने बताएकी छन् । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय चितवनले आज भरतपुरमा गरेको अन्तरक्रियामा महानगर प्रमुख दाहालले राष्ट्रिय जनगणनाको महत्वको विषयमा प्रष्ट पारेकी थिइन् । उनले भनिन्, ‘यथार्थ तथ्यांकबाट नै विकासका मोडेलहरु तयार पार्न सकिन्छ, ठोस योजनाहरु निर्माण गर्न सकिन्छ, विकासका कामहरु अघि बढाउन सकिन्छ ।’

महानगर प्रमुख दाहालले राष्ट्रिय जनगणनाबाट यथार्थ तथ्यांक आउने हुनाले हरेक काम गर्न सघाउ पुग्ने बताइन् । कार्यक्रममा उनलेभनिन्, ‘दिगो विकासका लक्ष्यहरु पहिल्याउन जनगणना आवश्यक छ ।’

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्