यस्तो छ स्मिता दाहालको आज रिलिज भएको गीत (भिडियोसहित)

काठमाडौं, वैशाख २२ । गायिका स्मिता दाहालको नयाँ गीत ‘आमाले मलाई दिएको..’ बोलको गीत सार्वजनिक भएको छ । दाहालको यो गीत आज एक युट्युव च्यानलबाछ सार्वजनिक भएको हो ।

गीतमा उनको आवाज, शब्द दिनेश थपलिया, संगीत बसन्त सापकोटा, एरेन्ज सन्जीव बराइलीको छ । यस्तै, गीतको भिडियोमा नायिका एवं मोडल प्रियंका कार्कीको गज्जब नृत्य देख्न पाइन्छ । भिडियोलाई सन्देश शाहले सम्पादन र कविराज गहतराजले निर्देशन गरेका हुन् ।

याे पनि पढ्नुस  स्मिता दाहालको ‘जालमैं पार्छु’ भोलि रिलिज हुँदै

यसअघि, गायिका दाहालका ‘पानी कुवाको’, ‘कानैमा ढुंग्री’, ‘भुर्रभुर्र’, ‘दाल, भात, तरकारी’ बोलको गीतको बजारमा आइसकेका छन् । सानै उमेरमा नेपाली संगीतमा प्रवेश गरेकी स्मिताका यसअघिका गीतले स्रोता–दर्शकको मन जितेको थियो ।

विगतका गीतलाई अत्यधिक रुचाइएकाले आज रिलिज हुने ‘आमाले मलाई दिएको’ म्यूजिक भिडियोलाई पनि स्रोता–दर्शकले मन पराउनेमा गायिका दाहाल आशावादी छिन् ।

याे पनि पढ्नुस  गायक उमाशंकर जोशीको ‘तेराई मायाले’ बजारमा (भिडियोसहित)

कमेन्ट गर्नुहोस्