धोनीको चेन्नईद्वारा पन्जावलाई १७१ रनको लक्ष्य, फाफको ९६ रन

काठमाडौं, वैशाख २१ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५५औं खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पन्जावलाई १७१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो ।

उसका लागि फाफ डुप्लेसीले ५५ बलमा ९६, सुरेश रैनाले ५३, शेन वाट्सनले ७ र महेन्द्रसिंह धोनीले नटआउट १० रन बनाए । बलिङमा पन्जावका साम करनले ३ र मोहम्मद सामीले २ विकेट लिए । 

अंक तालिकामा चेन्नई १३ खेलमा ९ मा जीत र ४ म्याचमा हारका साथ शीर्ष स्थानमा छ । पन्जाव १३ खेलमा ८ मा हार र ५ खेलमा मात्र जीत निकाल्दै तालिकाको पुछारमा छ । आठौं स्थानमा रहेको पन्जाव आज फराकिलो रन अन्तरले विजयी भए र कोलकाता मुम्बईसँग ठूलो अन्तरले पराजित भएको अवस्थामा ‘प्लेअफ’ पुग्ने झिनो आशा छ । 


यस्तै, आजै हुने अर्को खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मुम्बईमा शुरु हुँदैछ । कोलकाताका लागि यो खेल निकै महत्वूर्ण छ । मुम्बई विरुद्धको खेल जीत्न सके कोलकाता प्लेअफमा पुग्न सक्नेछ । यता मुम्बई आजको खेल जीते अंक तालिकाको दोस्रो स्थानमा उक्लिने छ । 


कमेन्ट गर्नुहोस्