आइपीएलः धोनीको टिमविरुद्ध १९ बलमा अर्धशतक

काठमाडौं, वैशाख २१ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५५औं खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सविरुद्ध किंग्स इलाभेन पन्जावका केएल राहूल (लोकेश राहुल) ले १९ बलमा अर्धशतक पूरा गरेका छन् । यसक्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

यसअघि, धोनीको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि फाफ डुप्लेसीले ५५ बलमा ९६, सुरेश रैनाले ५३, शेन वाट्सनले ७ र महेन्द्रसिंह धोनीले नटआउट १० रन बनाए । बलिङमा पन्जावका साम करनले ३ र मोहम्मद सामीले २ विकेट लिए ।  

याे पनि पढ्नुस  दिल्लीले मुम्बईलाई दियो जितका लागि १७५ रनको लक्ष्य

अंक तालिकामा चेन्नई १३ खेलमा ९ मा जीत र ४ म्याचमा हारका साथ शीर्ष स्थानमा छ । पन्जाव १३ खेलमा ८ मा हार र ५ खेलमा मात्र जीत निकाल्दै तालिकाको पुछारमा छ । आठौं स्थानमा रहेको पन्जाव आज फराकिलो रन अन्तरले विजयी भए र कोलकाता मुम्बईसँग ठूलो अन्तरले पराजित भएको अवस्थामा ‘प्लेअफ’ पुग्ने झिनो आशा छ । 

याे पनि पढ्नुस  आइपीएलः राजस्थानले टस जित्यो, दिल्लीलाई बलिङको निम्तो


यस्तै, आजै हुने अर्को खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मुम्बईमा शुरु हुँदैछ । कोलकाताका लागि यो खेल निकै महत्वूर्ण छ । मुम्बई विरुद्धको खेल जीत्न सके कोलकाता प्लेअफमा पुग्न सक्नेछ । यता मुम्बई आजको खेल जीते अंक तालिकाको दोस्रो स्थानमा उक्लिने छ । 

कमेन्ट गर्नुहोस्