‘केपीले पूरा गर्दै छन् बीपीले बोलेका कुरा’

काठमाडौं, बैशाख २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौँ जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए ।

साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्