विमानमा आगलागी हुँदा ४१ को मृत्यु, ३७ जनाको जीवितै उद्धार

एजेन्सी । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो। रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए।

तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ। रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो। घटना आइतबारको हो। सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रीहरुलाई विमानको आपतकालिन ढोकाबाट निकालिदै थियो।

भिडियोमा अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्