मस्काे । आकाशमा उडान लिइरहेकाे अवस्थामा एउटा रुसी विमानमा आगाे लाग्दा ४१ जना यात्रुकाे मृत्यु भएकाे छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार, मस्काेबाट मरमांस्कका लागि उडान भरेकाे सुपरजेट-१०० मा आगाे लागेकाे हाे ।
उडान भरेकाे केही समयमा नै आगाे लागेपछि विमानलाई मास्काेकाे शेरमेटयेवाे विमानस्थलमा आपतकालिन अवतरण गराइएकाे थियाे । चालक दलका ५ जना घाईते भएका छन् । दुई वर्ष पुरानाे विमानकाे पछािडकाे भागमा आगाे लागेकाे छ ।