‘कुरा मात्र भो’ हास्य टेलिफिल्म एनटिभी प्लसबाट प्रशारण हुने

काठमाडौं । सामाजिक जागरण फैलाउने उद्देश्यका साथ तयार पारिएको हास्य ब्यङ्ग्य टेलिफिल्म ‘कुरो मात्र भो’ अब एनटीभि प्लसबाट प्रशारण हुने भएको छ । याे ‘टेलिफिल्म अब एनटीभि प्लसमा प्रत्येक शुक्रवार राति ८ः५ बजेदेखि प्रशारण हुने भएको हो । ‘कुरो मात्र भो’ टेलिफिल्म जेसिका इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।

टेलिफिल्ममा कथाकार तथा पटकथा साहित्यकार सनत आचार्य, निमार्तामा कमल श्रेष्ठ, क्यामारामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ, कार्यकारी निर्मातामा राजु श्रेष्ठ तथा निर्देशकमा अर्जुन गौतम रहेका छन् । गोलोरी मिडियाले बजार, ब्यबस्थापन गरेको टेलिफिल्ममा राम चन्द्र थापाको प्रस्तुति छ ।

कमेन्ट गर्नुहोस्