भारतीय अधिकारीले गरे रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन

काठमाडौं, बैशाख २३ । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्