साहित्यकार रसिक किराँतको माया जालैमा’ सार्वजनिक

काठमाडौं, बैशाख २३ । साहित्यकार तथा गीतकार रसिक किरातको ‘माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार किरातको शब्द र सङ्गीतकार तथा गायक मनोज साङ्सोनले कम्पोज रहेको गीत आइबार सार्वजनिक भएको हो ।

गीतमा सिर्जना तामाङ र नितेश राईको आवाज रहेको छ । सिर्जना तामाङ पुर्वाञ्चल सिङ्गिङ् स्टार हुन । गीतमा लाखौंलाख युवा विदेशमा भासिन बाध्य पारिनुले यहाँको खेतीयोग्य जमिन बाँझो बनेर काँडाले भरिँदै गएको तितो याथार्थ शब्दमा अत्यन्त मार्मिक र कलात्मक शैलीमा उनिएको छ भने यो माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्घिको फूल फुलाउन सकिने दृढ विश्वास गीतमा व्यक्त गरिएको छ । गीतमा पुर्वेली लोकभाकाको अत्यन्त मिठो लय सुमधुर आवाजमा सुन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्