फोरम र नयाँ शक्तिबीच एकता, नौबुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, वैशाख २३ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । नौबुदे सहमतिमा हस्तक्षर गर्दै यी दुई पार्टीबीच एकता भएको हो ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबुदे सहमतिमा हस्तक्षर गरेका छन् । यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

याे पनि पढ्नुस  विकासको मुद्दामा अब हाम्रो कुनै झगडा हुँदैनः डा. भट्टराई

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०ं१ प्रदेश बनाउनुपर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्