१८ वर्षे जवानीले छोएपछि यस्ती देखिइन् तेरिया मगर (तस्वीर)

काठमाडौं, वैशाख २३ । भारतीय टेलिभिजन शो ‘डान्स इन्डिया डान्स’ को तेस्रो सिजन जित्दा नेपाली डान्सर तेरिया मगर त्यतिबेला सानै थिइन् । मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चामा आइन् । लगत्तै तेरिया भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।

याे पनि पढ्नुस  उमेर बढेसँगै झनै सुन्दर तेरिया, के गर्दैछिन आजभोली (तस्वीरसहित)

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।

रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । उतिबेलाकी फुच्ची तेरिया अहिले जवान र निकै हट भएकी छिन् ।

याे पनि पढ्नुस  उमेर बढेसँगै झनै सुन्दर तेरिया, के गर्दैछिन आजभोली (तस्वीरसहित)

क्युट तेरियालाई फ्यानले सामाजिक सञ्जालमा निकै पछ्याएका हुन्छन्। इन्स्टाग्राममा पनि उनी निकै सक्रिय रहन्छिन् । कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् ।

हेर्नुहोस् १८ वर्षे जवानीले छोएपछि यस्ती भइन् तेरिया ।

कमेन्ट गर्नुहोस्