राजधानीको कोटेश्‍वर चोकमा शंकास्पद वस्तु फेला, बमको हल्‍ला

काठमाडौं, वैशाख २३ । काठमाडौको कोटेश्वर चोकमा कालो प्लास्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

झोलामा बम जस्तो वस्तु भेटिएपछि त्यस क्षेत्रको यातायात प्रभावित भएको छ। तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने ट्रयाकमा शंकास्पद वस्तु फेलापरेपछि तत्कालै त्यो स्थानलाई सुरक्षा घेरा लगाएर नेपाली सेनाको टोली बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि त्यसक्षेत्रमा ट्राफिक जाम भएको छ ।

कमेन्ट गर्नुहोस्