काठमाडौं, वैशाख २३ । काठमाडौंको कोटेश्वर चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाले डिस्पोज गराउन खोज्दा नपड्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
झोलामा बम जस्तो केही वस्तु राखिएको जस्तो देखिएपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।